Logo

रगत अभावको खबर पाएपछि गार्मेन्ट मजदुरले गरे रक्तदान



कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि लगातार लकडाउन र निषेधाज्ञाका कारण उपत्यकाका अस्पतालहरुमा रगतको अभाव देखिएको छ । उपत्यकामा रगत अभाव भएको समाचार सार्वजानिक भएपछि सितापाईला रामकोटमा रहेको फिटवेल गार्मेन्टका मजदुरहरुले रक्तदान गरेका छन् ।

फिटवेल गार्मेन्टका संचालक मनोज भारतीले उपत्यकामा रगत अभाव भएको समाचार संचारमाध्यममा सुनेपछि आफ्नो फ्याक्ट्रीमा कार्यरत कामदारसंगसंग छलफल गरेर रक्तदान गरेका हुन् । सात वर्षदेखि संचालित फिटवेल गार्मेन्टमा रहेका झण्डै सय जना कामदारहरु रगत दिएका थिए । काठमाडौं रक्त संकन केन्द्रबाट रगत संचान गरिएको थियो ।

सो रक्तदान कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले उपत्यकामा रगत अभाव भएका बेलामा रक्तदान गरेर फिटवेल गार्मेन्टमा मजदुरहरुले मान्छेको जीवन बचाउन सहयोगी काम गरेको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल, नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री एंव नेपाली कांग्रेसका युवा नेता मनोजमणी आचार्यहरुले पनि रगतदान जस्तो मानविय कार्य गरेर समाजमा फिटवेल गार्मेन्टले उदाहरणीय काम गरेको बताएका थिए ।

लामो समय कोरियामा रोजगारी गरेर स्वदेश फर्केका मनोज भारतीले सो गार्मेन्ट उद्योग संचालन गरेका हुन् । उनी आफै मजदुरको रुपमा कोरिया रोजगारीमा गएका थिए । झण्डै ६ वर्ष कोरियामा विताएका मनोजले नेपाल फर्केर आफैले गार्मेन्ट सुरु गरेको बताए । अहिले उनले एक सय भन्दा बढिलाई रोजगारी दिएका छन् । सुरुमा एक दर्जन मेसिनबाट सुरु गरेको व्यावसायलाई अहिले झण्डै ७ दर्जन मेसिन पुर्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्