Logo

रेल्वेको टेन्डर हाम्रो मिलमतो छैन–निर्माण व्यवसायी महासंघ



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले रेल विभागले निकालेको ठेक्कामा आफूहरुको संलग्नता नरहेको स्पष्टपारेको छ ।
महासंघका महासचिव रोशन दाहालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कार्टेलिङ भएको भनिएको ठेक्कामा महासंघको संलग्नता नरहेको स्पष्ट पारेका हुुन् ।

महासङ्घलाई बदनाम गर्ने मनसायले अभिप्रेरित रहेर यस किसिमको प्रचारप्रसार भइरहेकाले सचेत हुन आह्वान गरिएको छ ।

सार्वजनिक खरिद ऐन, नियम, मुलुकको प्रचलित कानुन बमोजिम बोलपत्रको योग्यता निर्धारण गर्ने काम राज्यको भएको उल्लेख गर्दै यसमा निर्माण व्यवसायीको कुनै भूमिका र संलग्नता नरहने प्रष्ट पारिएको छ ।

सार्वजनिक खरिद ऐन, नियम र प्रचलित ऐन कानून बमोजिम कुनैपनि परियोजनाको लागि निर्माण व्यवसायीको कामको योग्यता तोक्ने अधिकार सम्वन्धित सार्वजनिक निकायमा नै रहने स्पष्ट हुँदाहुँदै महासङ्घलाई बोलपत्र प्रकरणमा मुछ्नुको कुनै औचित्य प्रमाणित हुन नसक्ने महासचिव दाहालले बताएका छन् ।

रेल्वे विभागको बोलपत्रहरुमा जे.भी. कम्पनीको रुपमा साना निर्माण व्यवसायी समेत गरी करिब एक सय भन्दा बढी निर्माण कम्पनीको सहभागिता रहेको तथ्य महासङ्घले उल्लेख गरेको छ ।
रेल्वे विभागले काकडभिट्टटादेखि इनरुवासम्म रेलको लिक विछ्याउन माटो भर्ने कार्यका लागि एउटै योजनालाई ३० टुक्रा बनाएर टेन्डर निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्