Logo

नेकपा छोडेर उदयपुरका सय बढी युवाको कांग्रेस प्रवेश



सत्तारुढ नेकपा लगाएत अन्य विभिन्न पार्टी परित्याग गर्दै शनिवार उदयपुरमा १ सय बढी युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका क्षेत्रीय सह सभापति वसन्तकुमार बस्नेतको विषेश पहलमा युवा कांग्रेस प्रवेश गरेका हुन् ।

त्रियुगा नगरपालिका १० का जीवन पाण्डेसहित १ सय ११ जनाको टोली कांग्रेसमा प्रवेश गरेको सह सभापति बस्नेतले बताए । उनीहरुलाई नेपाली कांग्रेस उदयपुरका सभापति विदुर बस्नेत, पूर्व सभापति तथा प्रदेश सांसद हिमाल कार्की, क्षेत्रीय सभापति भोजराज खतिवडा, क्षेत्रीय सह सभापति वसन्तकुमार बस्नेत लगाएतले पार्टी कार्यालयमा नेपाली कांग्रेसको सदस्यता प्रदान गरेका थिए ।

“यहाँ मात्र होइन, कोरोना महामारी कम हुँदै गए आगामी भदौको अन्तिम सातादेखि जिल्लाभर नै हामी यो अभियान चलाउँने तयारीमा छौ” पार्टी सुदृढिकरण अभियानमा लागेका क्षेत्रीय सह सभापति वस्नेतले भने,“ जिल्लाका केन्द्रीय तहका नेता र जिल्ला तहका नेतासँग समन्वय गरेर अभियान अगाडि बढाउने हाम्रो तयारी छ ।”

प्रतिक्रिया दिनुहोस्