Logo

नेकपा विवाद गम्भिर मोडमा : मुख्यमन्त्रीहरु काठमाडौंमा, सांसदहरुलाई राजधानी नछोड्न निर्देशन



सत्तारुढ नेकपा भित्रको विवाद गम्भिर मोडमा पुगेको छ । पछिल्लो पटक आइतवार देखि मंगलवारसम्म निरन्तर भएको अध्यक्ष एंव प्रधानमन्त्री केपी ओली र अर्को अध्यक्ष पुष्पकमल दाहालबीचको बैठक फेरि बस्न नसक्ने अवस्थामा पुगेर रोकिएपछि नेकपाको विवाद गम्भिर मोडमा पुगेको हो ।

पार्टीको विवाद गम्भिर मोडमा पुगेपछि बिहीबार विभिन्न प्रदेशका मुख्यमन्त्रीहरू कोरोना कहरबीच रातरात काठमाडौं आएका छन् । त्यसैगरि संघीय संसदका सांसदहरूलाई पनि केहि दिनदेखि राजधानीमै केन्द्रित रहन आदेश दिइएको छ । बालुवाटार र खुमलटार दुबैतर्फ आफूनिकट भनिएका सांसद पो असुरक्षित हुने हो वा सांसदहरुको मोलमोलाई हुने हल्ला चलाइएको छ ।

पार्टीका कुनै पनि कमिटिका बैठक बोलाउन अध्यक्ष केपी ओली तयार नभएपछि विवादको टुंगो लगाउनका लागि सांसदहरूको भूमिका बढाउनेतर्फ लागिएको हो वा अवस्था विशेष अधिवेशन बोलाउनका लागि सांसदहरुलाई राजधानीमा रोकिएको भन्ने बारेमा भने वालुवाटार र खुमलटार दुवै ठाँउबाट स्पष्ट पारिएको छैन् ।

होटल मेरियटमा हिजो डाकिएको अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समुहले बोलाएको सम्पादकहरूको भेला अकस्मात रोकियो । पत्रकार तथा सम्पादहरुको भेलाले बढि हल्ला हुने भएको सो भेला रोकेर दाहाल नेपाल समुह पनि गोप्य रणनीतिमा लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्