Logo

एउटै टोलमा ८ कोरोना संक्रमित भेटिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल



एकै टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ ।

गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको काठमाडौं महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिए ।

संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु हुन् ।

अघिल्लो बिहीबार एक प्रहरीमा सुरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना देखिएको थियो ।

उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप पाँच जनामा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्