Logo

मान्छेको जातः हुल्लडबाजहरुले भरियो बेलायतको सडक र समुद्री किनार

सरकारको चेतावनीलाई वेवास्ता गर्दै बेलायतमा ‘नो मास्क : नो सोसियल डिस्ट्यान्सिङ’



काठमाडौं । बेलायतमा कोरोनाका कारण ४६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । ३ लाख भन्दा बढी मानिसहरु यो भाइरसबाट संक्रमित भइसकेका छन् । त्यहाँको सरकारले सामाजिक दूरी कायम गर्न आग्रह गरेकोछ । जनस्वास्थ्यमा सचेत मानिएका बेलायतीहरुले आजकल कोरोनाको परबाह गर्न छाडेका छन् ।

हिजो शुक्रबार बेलायतमा निकै गर्मी महशुस गरियो । मानिसहरु गर्मी छल्न विभिन्न स्थानमा भेला भए । मानौं कि दूनियाँमा कतै केही भइरहेको छैन झै गरी चिसो बियरमा उनीहरु भुले । न सामाजिक दूरिको कसैले परबाह गरे, न अधिकांशले मास्क लगाएका थिए ।

बेलायतका सडक, समुद्र किनार, पबआदिमा मानिसहरुको भिड लागेको छ । सरकारको चेतावनीका वावजुद मानिसहरु रमाइलो गर्न निस्केका छन् ।

प्रतिक्रिया दिनुहोस्