Logo

लोकगायक प्रेमराजा र उनकी पत्नीलाई कोरोना



काठमाडौं । अमेरिकामा बस्दै आएका लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता केसीलाई कोरोना संक्रमण भएको छ । नेपाल सरकार अवैतनिक महावाणिज्यदूत समेत रहेका महतले शुक्रबार आफूलाई संक्रमण भएको सूचना सार्वजनिक गरेका छन् ।

उनी हाल आफ्नै घरको एक कोठामा आइसोलेट भएर बसेका छन् । उनको निगरानी आफ्नै डाक्टर छोरा सरगम महतले गरिरहेका छन् ।
कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदि संक्रमण भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन महतले आह्वान गरेका छन् । यसो गरेमा देश, समुदाय, स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठनप्रति नै सहयोग पुग्ने महतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्