Logo

कनौडिया बने प्रदेश ५ को कांग्रेस संसदीय दलको नेता



प्रमुख विपक्षी दल नेपाली कांग्रेसको प्रदेश नम्बर ५ को संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया चयन भएका छन् । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको मंगलबार बसको वैठकले कनौडियालाई संसदीय दलको नेता चयन गरेको हो ।

उनी कपिलवस्तु ३ (ख) बाट निर्वाचत भएका हुन् । कनौडियालाई पार्टी संसदीय दलको नेतामा प्रमुख सचेतक सुरेन्द्र हमालले प्रस्ताव र लेखा समितिका सभापतिसमेत रहेका सांसद डिल्ली चौधरीले समर्थन गरेका थिए ।

गत माघ ८ गते संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको क्यान्सरका कारण मृत्यु भएपछि कनौडिया संसदीय दलको कार्यवाहक नेता बनेका थिए । कनौडिया २०५८ सालमा जलस्रोत सहायक मन्त्री भएका थिए ।

प्रतिक्रिया दिनुहोस्