Logo

पशुपतिमा भएको मानवअतिक्रमण हट्छः मन्त्री भट्टराई



काठमाडौं । पशुपति क्षेत्र विकास कोषले अघि सारेको सय वर्षे गुरुयोजनाको विरोध भएपछि संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जवाफ दिएका छन् । मन्त्री भट्टराईले पशुपति क्षेत्रमा व्यक्तिगत र व्यापारिक स्वार्थवस भइरहेको मानव अतिक्रमण हटाइने स्पष्ट पारेका छन् ।

मन्त्री भट्टराईले पशुति क्षेत्रको ऐतिहाँसिक, सांस्कृतिक, पुरातात्विक पक्षको संरक्षण गरिने पनि जनाएका छन् ।
सरकारले सबैसँग छलफल गरेर सहमतिका आधारमा गुरुयोजना तयार पार्ने मन्त्री भट्टराईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्