Logo

नेपालसँगको सम्बन्ध चीनका लागि औधि महत्वपूर्ण–चिनियाँ राष्ट्रपति सी



काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले नेपाल–चीन सम्बन्धलाई अत्यधिक महत्व दिएको बताएका छन् ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाकाअनुसार दुई मुलुकबीचको ६५ औं मैत्री सम्बन्धको वर्षगाँठको अवसरमा राष्ट्रपति सीले यस्तो धारणा राखेका हुन् ।

वर्षगाँठमा सी र समकक्षी विद्यादेवी भण्डारीबीच बधाइ सन्देश साटासाट भएको छ ।

सो क्रममा राष्ट्रपति सीले समकक्षी भण्डारीसँग काम गर्न इच्छुक रहेको र चीन क्षेत्रीय शान्ति, पारस्परिक लाभ एवं समृद्धीमा सहयात्रा गर्न तयार रहेको सन्देश दिएका छन् ।

नेपाल र चीनबीच सन् १९५५ अगष्ट १ मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो ।

यसै अवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्