Logo

बाबु भारतमा, घरमा ढुंगा खसेर परिवारका कोही बाँचेनन्

ढुंगा खसेर परिवारका चारको मृत्यु



गुल्मी । घरमाथिबाट खसेको ठूलो ढुंगाले घर भत्काउँदा गुल्मीमा एकै परिवारका चार जनाको ज्यान गएको छ ।

अविरल वर्षा भइरहको बेला ढुंगा खस्दा रुरु गाउँपालिका–५ टाहाटिम आटीपाटाका बीना बोटेमाझी, उनका छोराहरु नौ वर्षका सागर, सात वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको ज्यान गएको छ ।
घटना शुक्रबार राति करिब साढे सात बजेको हो ।

पाँच जनाको परिवामा घरमूली चाहिँ रोजगारीका लागि भारतमा छन ।

प्रतिक्रिया दिनुहोस्