Logo

पर्सामा कोरोना थामिनसक्नु, सांसद प्रदीप यादवसहित ६४ नयाँ संक्रमित



काठमाडौं । पर्सामा कोरोना समुदायमा फैलिँदै जाँदा जनस्वास्थ्यमा ठूलो चुनौती थपिने देखिएको छ । शनिबार बिहानै प्रतिनिधिसभाका सांसद प्रदीप यादवसहित नयाँ ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी मानिसहरुमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये तीन जना महिला छ । १५ देखि ५६ वर्ष उमेर समूहका व्यक्तिहरु छन् ।

प्रदीप यादबकै समूहका अन्य दुई जना, नारायणी अस्पतालका एक चिकित्सक, एक कर्मचारी पनि संक्रमित भएका छन् ।
४३ जना चाहिँ र्यान्डम परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएकाहरु छन् ।

प्रतिक्रिया दिनुहोस्