Logo

वरिष्ठ नेता पौडेल भन्छन्, ‘देउवाले आन्तरिक लोकतन्त्रकै धज्जी उडाए’



काठमाडौं । महाधिवेसनको प्रक्रिया नै सुरु भइसकेको बेलामा भातृ संगठनहरुको म्याद थपेर सभापति शेरबहादुर देउवाले आन्तरिक लोकतन्त्रको धज्जी उडाएको टिप्पणी गरेका छन् ।

पार्टी सभापति देउवाले शुक्रबार पार्टीका नौवटा संगठनको म्याद थप्ने निर्णय गरेपछि वरिष्ठ नेता पौडेलले यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा नेता पौडेलले लेखेका छन्, ‘म्याद थप्न पार्टीको बैठकसम्म राख्न आवश्यक नठानी केवल निर्देशानुसार भन्दै नौ–नौ वटा भ्रातृसंस्थाको म्याद थप्ने विज्ञप्ति जारी गराउने जस्तो निर्लज्ज कार्यले पार्टीको संगठन र यसको आन्तरिक लोकतन्त्रलाई धज्जी उडाइँदै छ ।’

पौडेलले यसअघि निहित स्वार्थका लागि पटकपटक अधिवेशन स्थगित गराउँदै ल्याएर सारा भातृ संस्थाहरुको अस्थिपन्जर मात्र बाँकी राख्ने काम भएको आरोप लगाएका छन् ।

उनले लोकतन्त्रका लागि आफ्नो जीवन अर्पेर हिंडेका व्यक्तित्वहरुलाई गम्भीर हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्