Logo

पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमितको मृत्यु



पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका निर्देशक डा विष्णु शर्माले ६५ वर्षीया एक कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे।

डा शर्माका अनुसार उनी तराईतिरबाट रिफर भएर आएको आज उपचारकै क्रममा निधन भएको हो ।

डा शर्माका अनुसार ती ६५ वर्षीया महिला उच्च रक्तचापकी पनि बिरामी थिइन्। उनलाई ६ साउनमा पाटन अस्पतालको आइसियुमा भर्ना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्