Logo

समय हुन्जेल सिन्को नभाँच्ने सभापतिबाट अब कांग्रेस चल्दैनः प्रकाशमान



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा पार्टीको कामचलाउ सभापति मात्रै रहेको बताएका छन् ।

विधानअनुसार सभापति देउवाको कार्यकाल एक वर्षअघि नै समाप्त भइसकेको छ । आफ्नो ‘आयु’ आफैं बढाउने सभापतिको कदमले एक वर्ष कार्यकाल थपियो । त्यो थपिएको कार्यकाल पनि फागुन महिनामा सकिदैछ ।

सिंह भन्छन्, ‘संकट पर्दा एक वर्ष कार्यकाल थप गर्न सकिने विधानमा छ । संकट नै नपरी उहाँले समय थप गर्नु भएको थियो । अहिले कोरोना महामारीले संकत निम्त्याएको छ । अब थप्ने विधानमा व्यवस्था छैन । समय हुञ्जेल सभापति देउवाले काम गर्न नसकेको, समय घर्केपछि हतासस्थितिमा देखिनु भएको छ ।’

नेता सिंहले सभापति देउवाबाट अब कांग्रेस जीवीत रहन नसक्ने पनि टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्