Logo

प्रधानमन्त्री पार्टीको खिचातानीमा, स्वस्थ्यमन्त्री भजन गाउनमा व्यस्त : गगन थापा



नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाले प्रधानमन्त्री पार्टीको खिचातानीमा व्यस्त रहेको र स्वास्थ्य मन्त्री राम्रो काम गरेको भन्दै भजन गाउन व्यस्त भएको आरोप लगाएका छन् ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले प्रधानमन्त्री केपी ओली र स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई कोरोना फैलिएको तर्फ ध्यान दिने फुर्सद नभएको बताएका छन् । उनले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै ट्वीटरमा प्रधानमन्त्री ज्यू पार्टीको खिचातानीमा व्यस्त र स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त तर भुसको आगो झै संक्रमण फैलिएको उल्लेख गरेका छन् ।

थापाले ट्वीटरमा सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ। बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ। सरकार अब अति भो लेखेका छन् । केही दिन यता कोरोना संक्रमणको दर पनि ह्वात्तै बढेको छ। यता इनफ इज इनफले पनि आजदेखि पुन सरकारको ध्यानाकर्षण गराउन सडकमा आउने जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्