Logo

ओली सरकारले नसुनेपछि आजबाट वालुवाटारमा इनफ इज इनफको प्रर्दशन

१२ बजे पहिलाजस्तै प्रधानमन्त्रीनिवास अगाडि प्रदर्शन गर्ने अभियन्ताहरुको तयारी



१३ दिनदेखि अनशनमा बस्दा समेत सरकारले नसुनेपछि इनफ इज इनफ अभियानको आन्दोलन आजबाट प्रधानमन्त्री निवास वालुवाटारमा केन्द्रीत गरिने भएको छ । सहमति र मागप्रति सरकारले बेवास्ता गरेको भन्दै ‘इनफ इज इनफ’ अभियान फेरि बालुवाटार फर्कन लागेको हो । आज १२ बजे पहिलाजस्तै प्रधानमन्त्रीनिवास अगाडि प्रदर्शन गर्ने अभियन्ताहरुको तयारी छ । सरकारले शान्तिपूर्ण र सिर्जनात्मक आन्दोलन नसुनेपछि अनशनको बाटो रोजेको दाबी गर्ने अभियानका युवाहरुको छ । उनीहरुले अनसनसंग्र प्रधानमन्त्रीनिवासअगाडि प्रदर्शन गर्ने निष्कर्षमा पुगेका हुन् ।

१३ दिनदेखि अनशन बसिरहेका ईः कोे पनि अवस्था खराब भइसकेको र नागरिकको स्वास्थ्य सुरक्षाका लागि सरकारले ध्यान नदिएकाले सडक आन्दोलनमा उत्रिनुको विकल्प नभएको अभियन्ता आलोक सुवेदीको भनाई छ । कोरोना रोकथाम र उपचारमा सरकारको काम प्रभावकारी नभएको भन्दै ‘इनफ इज इनफ’ अभियानका युवाहरूले पहिलोपटक २७ जेठमा प्रधानमन्त्रीनिवासअगाडि प्रदर्शन गरेको थिए ।

१८ असारमा अनशनकारी युवालाई भेट्न अस्पताल नै पुगेका प्रधानमन्त्री केपी ओलीले युवाहरूका माग पूरा गर्ने वाचा गरेका थिए । यो बीचमा कोरोनाको व्यवस्थापनमा भएको खर्चको सूचना माग्न सिंहदरबार प्रवेश गर्न खाजेका युवालाई प्रहरीले बुधबार गेटबाटै पक्राउ गरेको थियो । महेन्द्र पुलिस क्बलस्थित हिरासतमा राखेर मध्यरातमा निकालेको निकालेको थियो । त्यसलगत्तै अभियानका युवाहरूले प्रधानमन्त्रीनिवासअगाडि प्रदर्शन गर्ने योजना बनाएका हुन् ।

पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, परीक्षण रिपोर्ट छिटो सार्वजनिक गर्नुपर्ने, क्वारेन्टाइन रणनीति सुधार गर्नुपर्ने, घर पठाउनुअघि परीक्षण गर्नुपर्ने, कोभिड–१९ को सन्दर्भमा अदालतले जारी गरेको आदेश तत्काल कार्यान्वयन गर्नुपर्ने, कन्ट्र्याक ट्रेसिङ गर्नुपर्ने र विज्ञ सुझाब समिति गठन गर्नुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस्