Logo

मानवअधिकारकर्मीको खोल ओढेर उत्तमकुमारको अवैध धन्दा, बाणिज्य विभागद्धारा छापा



आफुलाई गार्मेन्ट व्यावसायी भन्ने उत्तम कुमारले अवैध रुपमा मास्क तथा पीपीई उत्पादन थालेपछि बाणिज्य तथा आपूती विभागले छापा मारेको छ ।

विरगंज महानगरपालिका १ घर भएका उत्तम कुमारले काठमाडौं महानगरपालिका २६ मेहम्पीमा धर भाडामा लिएर अवैध रुपमा गार्मेन्ट संचालन गरेका थिए ।

सो गार्मेन्टबाट कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक मास्क तथा पीपीईको अवैध उत्पदान थालेको जानकारी पाएपछि विभागले छापा मारेको थियो ।

उनले दर्ता नै नगरि अवैध व्यवासय संचालन गर्ने र मानवअधिकारकर्मीमा नाममा प्रहरी प्रशासनलाई झुक्याउदै आएका छन् । मानवअधिकार तथा शान्ति सरोकार समाज सदस्य भएको उनले बताउदै आएका छन् ।

उनीसंग सो संस्थाको परिचय पत्र समेत रहेको छ । सो संस्थाको परिचय पत्र नम्बर २३० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्