Logo

सुनको मुल्य तोलाको एकलाख पुग्न लाग्यो, प्रतितोला ९९ हजारमा कारोवार



सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ। बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर ९९ हजार पुगेको हो। यसअघि बुधबार सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार पनि सुन प्रतितोला ३ सय रुपैयाँले बढको थियो। मंगलबार सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी मंगलबार पनि सुनको मूल्य सोमबारको तुलनमा ७ सय रुपैयाँले बढेको थियो। सोमबार सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ थियो। सोमबार पनि सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला १२ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँ पुगेको थियो।

आइतबार भने सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ थियो। यसैगरी चाँदीको मूल्य भने बिहीबार स्थिर रहेको छ। चाँदीको मूल्य बिहीबार १ हजार २ सय २५ रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्