Logo

स्वास्थ्यका प्रवक्ता जागेश्वर गौतम राजधानीको बदनाम मध्येको ओम अस्पतालमा सञ्चालक



कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण प्रभावकारी बनाउन नसक्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बदनामी कमाएको छ । त्यती मात्र होइन स्वास्थ्य मन्त्रालयका हरेक जसो खरिदमा कमिशनको चक्कर जोडिने गरेको कोरोना नियन्त्रण प्रभावकारी बनाउन नसक्दा सार्वजानिक भएको छ । अझ स्वास्थ्य मन्त्रालयको अहिले शक्तीमा रहेका मन्त्री सचिव तथा अन्य पदाधिकारीका कारण स्वास्थ्य मन्त्रालयले बदनामी कमाएको हो ।

स्वास्थ्य मन्त्रालयका तत्कालिन प्रवक्ता विकास देवकोटाले एउटा अलगै छवि बनाएका थिए । तर स्वास्थ्य मन्त्रालयका शक्ति आर्जन गर्ने समुहको स्वार्थ नमिल्दा उनलाई प्रवक्ताबाट हटाएर डा जागेश्वर गौतमलाई अहिले प्रवक्ता बनाइए । तर तीनै स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतम राजधानीको एक बदनाम नीजि अस्पतालको संचालक रहेको तथ्य फेला परेको छ । राजधानीको बदनाम अस्पतालमा पर्ने ओम अस्पतालको संचालक रहेका छन् ।

गौतम संचालक रहेको अहिले पनि ओम अस्पतालको वेवसाईटमा छ । स्वास्थ्यकर्मीका सल्लाहार डा खेम कार्कीदेखि कर्मचारीहरु समेत मेडिकल माफियाको प्रभावमा छन् । त्यसो त स्वास्थ्यका कर्मचारीहरु नै सरकारको स्वास्थ्य सेवामा सुधार ल्याउन चाहँदैनन् । किनभने, उनीहरुमध्ये धेरैजसो निजी अस्पतालका सञ्चालक छन् । चितवन मेडिकल कलेज लगायत अन्य अस्पतालमा पनि उनको शेयर छ । सरकारको नीतिगत तहमा रहेको व्यक्ति निजी अस्पतालको बोर्डमै हुनु लज्जापद अवस्था रहेको मन्त्रालयका एक कर्मचारी बताउँछन् । जबकी उनी नै स्वास्थ्यसम्बन्धि नीतिगत निर्णय गर्ने ठाउँमा छन् ।

ओम अस्पताललाई सवैभन्दा धेरै लापरवाहीका कारण विरामीको मृत्यु हुने अस्पतालका रुपमा आरोप लाग्ने गरेको छ । आफन्तको मृत्यु भएको भन्दै कयौं पटक पिडितहरुले आन्दोलन नै गरेका छन् । तर ओम अस्पताललाई कारवाही हुने गरेको छैन् । स्वास्थ्य मन्त्रालयमा उपल्लो स्तरमा पहुँच भएका गौतम संचालक रहेका कारण सो अस्पताललाई कारवाही नभएको हो कि भन्ने आशंका देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्