Logo

समायो भंसारले गोल्छा समूहले तस्करी गरेको मोवाइल र गाडी



बिरगंज ।गोल्छा समूहले झिकाएको गाडीबाट तस्करीको मोबाइल बरमाद भएको छ । कोरोना महामारीबाट सबै भन्दा बढी प्रभावित रहेको बिरगंज नाकाबाट गोल्छा समुहले तस्करी गरेको खुलासा भएको छ ।

गत शनिवार गोल्छा समूहले झिकाएको गाडीबाट तस्करीको मोबाइल बरमाद भएको घटना सार्बजनिक भएपछि गोल्छा थप प्रमाण नष्ट सक्रिय रहेको बुझिएको छ । गोल्छा समूहले वीरगन्ज भन्सारबाट भित्र्याउन लागेको गाडीबाट मोबाईल बरामद भएको हो । सो समूहको जीओ अटोमोबाइल्सले ल्याएको फोर्ड गाडी शनिबार चेकजाँच गर्दा विभिन्न ब्रान्डका ३३ वटा मोबाइल फेला परेको भन्सार प्रमुख गोपाल खत्रीले बिकासटाइम्सलाई बताउनुभयो ।
जीओले जाचपासको लागि पेश गरेका १९ मध्ये २ वटा गाडीमा मोबाईल भेटिएको हो । एउटामा ८ वटा मोबाइल बरामद भएपछि सबै गाडीको खानतलासी लिदा अर्को गाडीबाट थप २५ ओटा बरामद भएको भन्सार प्रमुख गोपाल खत्रीले जानकारी दिनुभयो ।
नेपाल भारत एकीकृत जाँच चौकीबाट भित्रिएर भन्सारको यार्डमा राखिएका गाडीमा मोबाइल फेला परेको हो । गाडीमा लुकाएर मोबाईल भित्र्याउन लागेको खुलेपछि शनिबार जीओका एउटा पनि गाडी जाचपास नभएको भन्सारले बताएको छ। नेपाल र भारत दुबैतर्फको एकीकृत निगरानीमा रहने आइसीपीबाट घोषणाभन्दा फरक पारेर मोबाइल भित्रिएको छ। भन्सारका अनुसार गोल्छा समुहका सवारीका चालक मनोज कुमार कानुसंग ७ लाख ८२ हजार र रामबाबु प्रसाल पटेलसंग २ लाख ३५ हजार धरौटी लिएको छ । बरामत मोवाइल सावरी साधन भंसारको नियन्त्रणमा रहेको भंसार कार्यलयले जनाउको छ । रेड मी, रेड आई र ओप्पो ब्रान्डका मोबाइल बरामद भएको भन्सारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्