Logo

ट्रम्पद्धारा कोरोनाभाइरसको उपचारमा हाइड्रोक्सीक्लोरोक्वाईनको प्रयोगको फेरि वकालत



अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको उपचारमा हाइड्रोक्सीक्लोरोक्वाईनको प्रयोगको फेरि वकालत गरेका छन् । उनले स्वास्थ्य अधिकारीहरुलाई औलो विरुद्धको यो औषधिको प्रयोग अस्वीकार गर्नुको एउटै कारण सुझाउन चुनौती समेत दिएका छन् ।

एक दिनअघि हाइड्रोक्सीक्लोरोक्वाईनको प्रशंसा गर्दै ट्रम्पका जेठा छोराले पोस्ट गरेको एउटा क्लिपमाथि सामाजिक सञ्जाल ट्विटरले प्रतिबन्ध लगाइदिएको थियो ।

उक्त औषधिले कोरोनाभाइरसविरुद्ध लड्न सक्छ भन्ने कुराको कुनै प्रमाण छैन । साथै विज्ञहरूले हाइड्रोक्सीक्लोरोक्वाईनले मुटुमा असर पार्न सक्ने भन्दै सचेत गराएका छन् ।

गत महिनामात्रै अमेरिकी खाद्य तथा औषधिसम्बन्धी निकाय एफडीएले कोरोनाभाइरसको उपचारमा हाइड्रोक्सीक्लोरोक्वाईनको प्रयोगबारे सचेत गराएको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले पनि हाइड्रोक्सीक्लोरोक्वाईन कोरोनाभाइरसको उपचारमा प्रभावकारी हुने वा त्यसबाट बचाउने भन्ने कुराको हालसम्म कुनै प्रमाण नरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्