Logo

कर्णालीका मुख्यमन्त्री शाहीको गृहजिल्लामा नेकपालाई ठुलो धक्का, प्रभावशाली नेताहरु कांग्रेसमा प्रवेश



कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला कालिकोटमा नेकपालाई ठुलो धक्का लागेको छ । कालिकोटको दुई गाउपालिकाका प्रभावशाली आधा दर्जन भन्दा नेता कार्यकर्ताहरु नेकपाको कार्यशैलीप्रति असहमति जनाउदै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसको जिल्ला कार्यालय मान्मामा आयोजित एक कार्यक्रममा जिल्ला सभापति हर्षबहादुर बमले उनीहरुलाई नेपाली कांग्रेसमा स्वागत गरे । कालिकोटको शुभकालीका गाउँपालिकाका नेकपाका नेता कमल शाही र महाबइ गाउँपािलकाका मनराज शाहीको नेतृत्वमा नेकपाका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरे । कमल र  मनराज  दुई गाउपालिकाका प्रभावशाली नेता मानिन्छन् । कालिकोटमा ससस्त्र द्धन्दकालेदेखि नै तत्कालिन माओवादीको दबदबा रहदै आएको छ ।

२०६४ यताका सवै आम निर्वाचनमा तत्कालिन माओवादीले जीत हात पार्दै आएको कालिकोटबाट नै प्रदेशसभामा निर्वाचित महेन्द्रबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री छन् । पार्टी प्रवेश गरेका नेकपाका नेता तथा कार्यकर्ताहरूलाई योग्यता र क्षमताका आधारमा कांग्रेसमा स्थान दिइने सभापति बमले बताए ।

प्रतिक्रिया दिनुहोस्