Logo

भारतको मध्यप्रदेशका मुख्यमन्त्री चौहानलाई कोरोना संक्रमण



भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । उनले ट्वीट गरेर आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् ।

उनले ट्वीटरमा लेखेका छन् ‘मेरा प्रिय प्रदेशबासी मैले कोरोना भाइरस भएनभएबारे जाँच गराए । मेरो रिपोर्ट पोजिटिभ आएको छ । मेरा सबै साथीलाई अपिल छ मेरो सम्पर्कमा आएका सबैले कोरोना जाँच गराउनु होला । सम्पर्कमा आएका सबै क्वारेन्टाइनमा बस्नुहोला ।’

उनी भारतमा कोरोना संक्रमित हुने पहिलो उच्च तहको राजनीतिज्ञ हुन् । शनिबार दिउँसो १ बजेसम्म भारतमा १३ लाख ३९ हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्