Logo

अमेरिकामा एकै दिन थपिए ६९ हजार बढी कोरोना संक्रमित



एजेन्सी । अ‍ेमरिकामा एकै दिन ६९ हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

एकै दिन ६९ हजार ११६ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कुल संक्रमित संख्या ४१ लाख ६९ हजार ११६ पुगेको छ।
यस्तै एकै दिन १ हजार १५० जनाको मृत्यु भएपछि अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४७ हजार ३३३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १९ लाख ७९ हजार ६१७ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २० लाख ४३ हजार ४१ जनामध्ये १९ हजार १५५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्