Logo

विदेश जान चाहानेहरुले शूल्क तिरेर पीसीआर परीक्षण गर्नुपर्ने



काठमाडौं । विदेश जानेहरुले पैसा तिरेर पीसीआर परीक्षण गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जान चाहनेहरूले सशुल्क पीसीआर परीक्षण गर्नुपर्ने जनाएको हो।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा विदेश जानेहरूलाई स्वास्थ्य परीक्षण प्रतिवेदन चाहिए पैसा तिरेर कोरोना परीक्षण गर्न पाइने बताएका हुन् ।
राजधानीभित्र महाराजगंजस्थित शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा यस्तो परीक्षण गर्न सकिने तथा उपत्यका बाहिर कोशी अस्पताल, नारायणी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी अस्पताल, कर्णाली प्रादेशिक अस्पाताल र सेती प्रादेशिक अस्पतालमा सशुल्क परीक्षण गर्न सकिने प्रवक्ता गौतमको भनाइ छ ।

डा. गौतमले विदेशी नियोगका कर्मचारीहरूले भने ललितपुरको स्टार अस्पताल र काठमाडौँ मेडिकल कलेजमा सशुल्क परीक्षण गर्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्