Logo

युभेन्ट्सको अप्रत्याशित हार, उपाधि जित्नबाट चुक्यो



एजेन्सी । अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अप्रतयाशित हार बेहोरेको छ । इटालियन सिरी ए फुटबलको उपाधि नजिक रहेको युभेन्ट्ेसले बिहीबार राति भएको खेलमा उडिनेजेसंग अप्रत्याशित हार बेर्होन बाध्य भएको हो । उडिनेजेले लिग लिडर युभेन्ट्सले २ – १ गोल अन्तरले पराजित गरेको हो ।

उडिनेजेको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स पराजित भएको हो । खेलको ४२औं मिनेटमा म्याथिस डी लिग्टले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ५२औं मिनेटमा ल्लिजा नेस्टोरभोस्कीले गोल गर्दै उडिनेजेलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा सेको फोफानाले गोल गर्दै उडिनेजेलाई २-१ को जीत दिलाए ।

उडिनेजेसँग पराजित भएसँगै युभेन्ट्सले उपाधि जित्न अर्को खेल कुर्नुपर्ने भएको छ । उपाधिका लागि ३ अंक मात्रै टाढा रहेको युभेन्टसले बाँकी रहेका ३ खेलमध्ये कम्तिमा एउटाजीतले पनि उपाधि पक्का गर्नेछ ।

युभेन्ट्स लगातार नवौं सिजन सिरी ‘ए’ को उपाधि जित्ने संघारमा रहेको छ । युभेन्ट्सले सन् २०११र१२ को देखि लगातार उपाधि जित्दै आइरहेको छ । यस सिजनको उपाधि जितेमा युभेन्ट्सले ३६औं सिरी ‘ए’ उपाधि हात पार्नेछ ।

घरेलु टोलिसँग पराजित भएको युभेन्ट्सले ८० अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानको एटलान्टा भन्दा ६ अंकले अघि रहेको छ । उडिनेजे ३९ अंक जोडेर १५औं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्