Logo

देउवा इतरका हामी एक नभए कांग्रेसमा नेतृत्व परिवर्तन संभव छैन : महामन्त्री कोइराला



नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तनका लागि सभापति शेरबहादुर देउवा इतरका सवै एक हुनुको विकल्प नभएको बताएका छन् । विकास टाइम्ससंग कुरा गर्दै महामन्त्री कोइरालाले नेपाली कांग्रेसलाई ससक्त बनाउनका लागि १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन आवश्यक भएको बताए ।

कोइरालाले १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न नसके कांग्रेस चल्नै नसक्ने बताए ।

उनले भने–‘१४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन नगरे कांग्रेस चल्नै सक्दैन् । नेतृत्व परिवर्तनका लागि हामीहरु एक हुन जरुरी छ । कांग्रेस सुर्धान र नेतृत्व परिवर्तनका लागि अब म आफै सभापति बन्नुपर्छ भन्ने भावना सवैले त्याग्नुपर्छ । त्यागको भावना सवैले देखाएर हामी एक नभई कांग्रेसमा नेतृत्व परिवर्तन संभव छैन् ।’

महामन्त्री कोइरालासंग गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया दिनुहोस्