Logo

संसदमा कांग्रेस प्रमुख सचेतकको प्रश्न- नेकपा कार्यालय नै सितलनिवास सारेको हो ?



प्रदेश नम्बर १ नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले नेकपाको पार्टी कार्यालय शितल निवासमा सरेको हो भनि प्रश्न गरेका छन् । सचेतक कार्कीले सोमवारको प्रदेश सभा बैठकको सुरुवातमा नै बल्खुमा भत्केपछि पार्टी कार्यालय शीतल निवास सारिएछ भन्दै नेकपालाई बधाई दिएका थिए ।

कार्कीले अहिले अध्यक्ष भनिएका दुई जना खासमा उपाध्यक्ष भएको तर वास्तविक अध्यक्ष राष्ट्रपति भण्डारी हो भनि प्रश्न समेत गरे । मुलुकको सर्वाेच्च पदको गरिमा ख्याल गर्न राष्ट्रपति विद्या भण्डारीलाई सुझाव दिए । कार्कीले संवैधानिक भूमिकाभन्दा बाहिर राजनीतिक चलखेल नगरी बस्नै नसक्ने भए राष्ट्रपतिले मार्गप्रशस्त गर्नुपर्ने माग समेत गरे ।

सचेतक कार्कीले प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालय भ्रष्टाचारको केन्द्र भएको बताउदै विश्व विद्यालय घोषणापछि भ्रष्ट्राचार गर्न खोजिएको बताउँदै उनले विश्व विद्यालयको नाममा भ्रष्टाचारको अखडा बनाएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्