Logo

अनलाइन कक्षा बन्द नगर्न निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन



शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूलाई अनलाइन कक्षा बन्द नगर्न निर्देशन दिएको छ । निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र एन प्याब्सनले अनलाइन कक्षा साउन १ गतेदेखि बन्द गरेको भन्दै मन्त्रालयले विषम परिस्थितिमा सिकाइ सहजीकरण कार्य नरोक्न निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले निजी लगानीका विद्यालयहरूले स्थगन गरेका सिकाइ सहजीकरण कार्यलाई निरन्तरता दिन निर्देशन दिएका हुन् ।

आइतबार विज्ञप्ति निकालेर प्रवक्ता शर्माले मौद्रिक नीतिमा शिक्षालगायत व्यवसायले लिएको ऋणको साँवा र ब्याज लकडाउनको अवधिमा भुक्तानी गर्न कठिनाइ भएको अवस्थालाई दृष्टिगत गर्दै कर्जा भुक्तानीको म्याद थप र कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्ने व्यवस्था गरिएको पनि उनले स्मरण गराएका छन् ।

निजी विद्यालय सञ्चालकहरूले सरकारले राहतको व्यवस्था तथा सहुलियत दिनुपर्नेलगायत माग राखेका छन्।

प्रतिक्रिया दिनुहोस्