Logo

परिक्षणका क्रममा मेलम्ची खानेपानी आयोजनाको सुरूङ फुट्यो

बगेर इन्जिनियर र चालक बेपत्ता



मेलम्ची खानेपानी आयोजनाको सुरूङ फुट्दा दुई कर्मचारी बेपत्ता भएका छन् । सुरूङबाट पानी परीक्षण भइरहेका बेला एक ठाउँबाट एक्कासि पानी बाहिर आएपछि त्यहाँको अवस्था बुझ्न गएका आयोजनाकै इञ्जिनियर र चालक बेपत्ता भएका हुन्।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार सुरूङ फुट्दा चार जना बेपत्ता भएकोमा दुई जनाको भने उद्धार भएको छ । परीक्षणका क्रममा एउटा गेटबाट पानी बाहिर निस्केपछि उनीहरू अवस्था बुझ्न गएका थिए। उनीहरु खोलामा बेत्तपा भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहानस्थलको मुख्य सुरुङको गेट नम्बर १७ फुटाएर बीचमा जोडिएको अम्बाथान अडिटबाट निस्किएको पानीले बाढीको रूप लिँदा घटना भएको हो ।

बाढीमा परेका साइट इन्जिनियर शेखर खनाल र सबहेल्पर पेम्बा लामालाई घाइते अवस्थामा उद्धार गरियो । सुरक्षाकर्मी र स्थानीयले इन्जिनियर खनाल र सबहेल्पर लामालाई बग्दाबग्दै उद्धार गरेका थिए । बगेर बेपत्ता हुनेमा आयोजनाका इन्जिनियर सतिश गोहित र सवारी चालक राधाकृष्ण थापा मगर छन् ।

प्रतिक्रिया दिनुहोस्