Logo

धर्म र आस्थालाई कुटनीतिको हतियार नबनाउन प्रधानमन्त्रीलाई कोइरालाको सुझाव



काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले दुई देशको कुटनीति सम्बन्ध बिगारेको आरोप लगाउनुभएको छ । सामाजिक सञ्जालमा अयोध्याको बिषयमा प्रधानमन्त्री केपी ओलीले दिनुभएको अभिव्यक्ति प्रति कांग्रेस केन्द्रीय प्रतिक्रिया दिदै उहाँले प्रधानमन्त्रीले अयोध्याको वारेमा अप्रमाणित, बिवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएर दुई देशको कुटनीति सम्बन्ध खल्बल्याएको छ भन्नुभएको छ । उहाँले नेपाली र भारतीय जनताबीचको आपसी धार्मिक र सांस्कृतिक सम्बन्ध बिगार्ने काम गरेका बताउनुभएको छ । नेता कोइरालाले जसरी गौतम बुद्ध र लुम्बिनीका वारेमा हामी कसैसँग सम्झौता गर्न सक्दैनौं त्यसैगरी भारतियहरु मर्यादा पुरुष भगवान श्रीराम र अयोध्याका बिषयमा केही कुरा सुन्न चाहॅदैनन् भन्दै अयोध्या भारत लगायत सम्पूर्ण हिन्दुहरुको आस्थाको केन्द्र हो भन्नुभएको छ । उहाँले धर्म र आस्थालाई राजनीति तथा कुटनीतिको हतियार बनाएर सत्ताको मलजल गर्नु कदापि सह्य हुदैन भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्