Logo

भान्जालाई डकुमेन्ट्री नदिएको रिसमा बरिष्ठ सहसचिवमाथि अन्याय



सरकारले प्रधानमन्त्री केपी ओलीका सल्लाहकार विष्णु रिमाल र अर्थमन्त्री डा युवराज खतिवडाको नियम विपरितको आदेश नमानेकाले बरिष्ठ सहसचिव गोकर्णमणि दुवाडी अन्यायमा परेका छन् । मन्त्रिपरिषदको सोमबारको बैठकले पनि बरिष्ठता र कार्यसम्पादनमा पहिलो नम्बरमा रहेका सहसचिव दुवाडीको बढुवा गरेर ।

सरकारले दोश्रो नम्बरमा रहेका विष्णु नेपाललाई यसअघि नै सचिवमा बढुवा गरिसकेको छ भने सोमवारको मन्त्रीपरिषद बैठकले तेस्रो नम्बरमा रहेका मानबहादुर विकलाई सचिवमा बढुवा गरेको हो । सहसचिव दुवाडीको नाम एक नम्बरमा सिफारिस भए पनि अर्थमन्त्री खतिवडा र प्रधानमन्त्रीका सल्लाहकार रिमालका कारण उनको बढुवा रोकिएको बताइएको छ ।

दुवाडीले भूमिब्यवस्था तथा अभिलेख विभागको महानिर्देशक हुँदा अर्थमन्त्री डा.युवराज खतिवडाले एक राजपत्रअनंकित कर्मचारी सरुवा गर्नका लागि दिएको निर्देशन अटेर गरेको र विभागको महानिर्देशक हुँदा मनोज पाण्डेलाई २० लाखको डकुमेन्ट्रीको काम नदिएबापत बढुवा नगरी कोपभाजनमा पारिएको हो । मनोज पाण्डे नेपाल टेलिभिजनमा जनतासँग प्रधानमन्त्री कार्यक्रम चलाउने गरेका थिए । त्यो बेलामा पाण्डे रिमालका नाताले भान्जा हुन् ।

प्रतिक्रिया दिनुहोस्