Logo

कोरोना भाइरस संक्रमणबाट विदेशमा हालसम्म १ सय ४३ जना नेपालीको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विदेशमा हालसम्म १ सय ४३ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थय समितिले दिएको जानकारी अनुसार विश्वका विभिन्न १४ देशमा रहेका गैर आवासीय नेपालीको ज्यान गएको हो ।

बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, स्विडेन, ओमानलगायत देशमा कोरोनाका कारण नेपालीको जयन गएको हो।
यस्तै पछिल्लो यो साता मात्रै थप १३ नेपालीको मृत्यु भएको छ। यूएईमा ६, भारतमा ५, ओमानमा १ र कुवेत १ गरी यो साता थप १३ नेपालीको मृत्यु भएको संघले जनाएको छ ।

समितिका एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले शनिबार साँझसम्म विदेशमा कोरोना संक्रमित गैरआवासीय नेपालीको संख्या २८ हजार ९ सय १८ पुगेको बताए । तीमध्ये २५ हजार २ सय २६ जना भने निको भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्