Logo

अलपत्र नेपाली नागरिक स्वदेश ल्याउन हिमालय एयरलाइन्सकाे चार्टर्ड उडान तालिका सार्वजनिक



काठमाडाैं । विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउनका लागि हिमालय एयरलाइन्सले चार्टर्ड उडान तालिका सार्वजनिक गरेको छ ।

विदेशमा समस्यामा परेका नेपाली नागरिककाे उद्धारका लागि बिहीबारदेखि आउँदाे जुलाई १० तारिखसम्म उडान निर्धारण गरेकाे एयरलाइन्सले जानकारी दिएकाे छ ।

उडान तालिका अनुसार २, ४, ६, ८ र १० तारिखमा यूएईको अबुधाबी, ५, ६, ९ र १० तारिखमा साउदी अरेबियाको दमाम, त्यस्तै २, ५ र ९ तारिखमा कुवेत, ४ र ७ तारिखमा कतारको दोहा, ५ र ७ तारिखमा मलेसियाको क्वालालम्पुर र ८ तारिखमा चीनमा चार्टर्ड उडान भर्ने तालिका रहेको एअरलाइन्सले जनाएको छ ।

बिहीबार माल्दिभ्सकाे मालेमा पनि उडान भर्ने एअरलाइन्सले बताएकाे छ ।

स्वदेश फर्कने यात्रुले पीसीआर वा आरडीटी परीक्षण नेगेटिभ रहेको प्रमाण टिकट बुकिङको समयमा अनिवार्य पेश गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्