Logo

सदनमा हातपात गर्ने, सडकमा तोडफोड गर्ने र बन्दुक बोक्ने प्रतिपक्ष कांग्रेस हुन सक्दैन : तरुण दल अध्यक्ष बस्नेत

अहिले तरुण दलमा महासचिव खाली छ



नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताएका छन् । विकासटाइम्ससंगको कुराकानीमा अध्यक्ष बस्नेतले नेपाली कांग्रेस सदन हातपात गर्ने, सडकमा तोडफोड गर्ने र हिजोको माओवादीका झै बन्दुक बोक्ने प्रतिपक्ष हुन नसक्ने बताए । उनले कांग्रेसले जिम्मेवार प्रतिपक्ष भएर सरकारलाई सजक गराइरहेको बताए ।

उनले कांग्रेसका नेताहरु नै परिचालित भएर कांग्रेसको भूमिकामा प्रश्न उठाउन लागिपरेको बताए । बस्नेतले तरुण दल सडकमा आउदा अध्यक्षको टाउको फुट्दा, सयौं कार्याकर्ता घाइते हुदा प्रतिक्रिया दिन नसक्ने कांग्रेसका नेताहरु केहि दिन अगाडि सडकमा युवाहरु आउदा राम्रो भनेर फेसबुकमा स्टाटस लेखेको भन्दै असंतुष्टी जनाए । उनले नेपाल तरण दलमा अहिले महासचिव खाली रहेको बताए । उनले तरुण दलको महासचिवले अनुशासन उल्लघन गरेकाले तरुण दलको केन्द्रीय समितिले कारवाही गरेको दाबि गरे ।

bikastimes.comसंगको कुराकानी :

प्रतिक्रिया दिनुहोस्