Logo

प्रकाशमानको प्रश्न, नागरिक सरकारले गर्ने काम सेना किन दिइयो ? (भिडियोसहित)



नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना महामारीमा सेना परिचालन गर्ने सरकारको निर्णयको विरोध गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस नेता सिंहले सरकारले महामारी नियन्त्रणमा ध्यान नदिई सेना परिचालन गर्नु बेठिक भएको उनले बताए ।

उनले गृहमन्त्रालय अन्तर्गतको विपद व्यवस्थापन समिति, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभागले कोरोना महामारीमा काम गर्नुपर्ने पनि बताए ।

नेता सिंहले महामारी नियन्त्रणमा नेतृत्व लिनुपर्ने प्रधानमन्त्री केपी ओली स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको ढाकछोप गर्न लागेको आरोप लगाए । सरकार राजनीतिक,आर्थिक र कूटनीतिक रुपमा असफल भइसकेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्