Logo

कमलादीको होटल गगौंरबाट जुवा खेलिरहेको अवस्थामा प्रतिष्ठीत व्यापारी पक्राउ

यी हुन लकडाउनका बेलामा जुवाको खालबाट पक्राउ पर्ने व्यापारी



लकडाउनका बेलामा जुवाको खालबाट भारतिय नागरिक सञ्चालक रहेको कमलादीको गगौंर बुटिक होटेलबाट  जुवा खेलिरहेको अवस्थामा नेपालका प्रतिष्ठित व्यापारीहरु पक्राउ परेका छन् । लकडाउनको समयमा क्यासिनो शैलीमा होटेलमा जुवाको खालबाट उनीहरु सोमवार साँझ पक्राउ परेका हुन् ।

होटलका सञ्चालक भारतीय नागरिक निक्की जोगाईसहित ९ जना व्यापारीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नन्दकिशोर शर्मा, पुरुषोत्तमकुमार अग्रवाल, विमल खेतान, विमल अहोजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, गोविन्दराम सरिया र अशोककुमार अग्रवाल छन् ।

उनीबाट दुई लाख ७७ हजार सात सय २० रुपैयाँ नगद र एक सय ७९ वटा चिप्स बरामद भएको छ । उनीहरूले तास खेलिरहेको चिप्समार्फत हिसाब गरेकाले ठूलो परिमाणमा हारजित भएको प्रहरी अनुमान छ । प्रहरीका अनुसार उनीहरुले क्यासिनोकै शैलीमा जुवा खेलेको देखिन्थ्यो ।

उनीहरूमध्ये एकजनासँग लकडाउनमा गाडी चलाउने पाससमेत फेला परेको छ । होटेल सञ्चालक निक्कीले लकडाउनमा पनि होटेलमा जुवा खेलाउँदै आएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्