Logo

भाँडमा जाओस् देशको भूमि, पहिले मधेसी दलको माग पूरा गर !



काठमाडौं । मधेसी दलहरु राजपा र समाजवादी पार्टीले देशको भूमि भारतले खाए खाओस् तर पहिले आफ्ना माग पूरा हुनुपर्ने झै गरी माग तेस्र्याएका छन् ।

उनीहरुले संसदमा सविधान संशोधनसम्बन्धी एक गैरसरकारी विधेयक दर्ता गरेका छन् । जसमा उनीहरुले भारतीय महिलाका लागि सजिलै नागरिकता दिनु पर्ने मागदेखि प्रदेशको सीमा हेरफेरमा लचकता अपनाउनु पर्ने माग पनि राखेका छन् ।

संविधान संशोधन गरेर मधेसी दलले आफ्ना माग पूरा हुनुपर्ने बताएका छन् । यदि संविधान संशोधन गरेर माग पूरा नगर्ने हो भने कालापानी क्षेत्र पनि भारतले खाए पनि यी दुई दललाई फरक नपर्ने जस्तो देखिएको छ ।

मधेसी दलको माग पूरा नहुने हो भने सरकारको संविधान संशोधनको माग पनि आफूहरु पूरा गर्न नसक्ने जवाफ दिइएको छ ।
यसको अर्थ हुन्छ कि – देशको भूमि भाँडमै जाओस्, पहिले मधेसी दलको माग पूरा हुनुपर्छ । ती दुई मधेसी दल भनेका यो देशका विशिष्ट राजनीतिक दल र ती दललाई भोट दिने नागरिक पनि बाँकी नागरिक भन्दा विशिष्ट हुन् । अरुको कुरा जे स्ुकै होस्, देश रहे रहोस् नरहे नराहोस् तर मधेसी दलको माग चाहिँ पूरा होस्् ।

प्रतिक्रिया दिनुहोस्