Logo

जेठ १९ मा फेरि लाग्यो ‘राजा आऊ देश बचाऊ’को नारा



काठमाडौं । जेठ १९ अर्थात राजा वीरेन्द्रको वंशनाश भएको कालो दिन । नेपालीका प्रिय राजा वीरेन्द्रको वंशनाश भएको जेठ १९ मा अहिले पनि धेरैले ती उदार राजाको स्मरण गर्छन् । यसपटक पनि राजा वीरेन्द्रलाई विभिन्न तरिकाले सम्झना गरियो ।

राजसंस्था पक्षधर शिव सेना नेपालका कार्यकर्ताहरुले भने यसपटकको जेठ १९ मा राजसंस्था पुनस्र्थापनाको नारा लगाएका छन् । शिव सेना नेपाल रुपन्देहीले सोमबार साँझ राँके जुलुस निकालेर राजसंस्थाको माग गरेको छ ।

शिव सेनाका हजारौं कार्यकर्ताहरुले रुपन्देहीमा अतिक्रमित भूमि फिर्ताको माग पनि गरेका छन् । नेपालको कालापानी क्षेत्रमा ३७२ वर्गकिलोमिटर क्षेत्र भारतले अतिक्रमण गरेको छ । अतिक्रमित भूमि फिर्ताको माग गर्दै शिव सेनाले विभिन्न कार्यक्रम गरिरहेको छ ।

जेठ १९ को सन्दर्भ पारेर रुपन्देही शाखाले नेपालमा राजसंस्थाको आवश्यकता अहिले पनि रहिरहेको भन्दै राँके जुलुस निकालेको हो । जेठ १५ अर्थात गणतन्त्र दिवसकै दिन शिव सेनाले पाल्पाको रामपुरमा पनि राजसंस्थाको माग गर्दै राँके जुलुस निकालेका थिए ।

तस्बिरमा शिव सेनाका अध्यक्ष अनिल बस्नेत बाबा

प्रतिक्रिया दिनुहोस्