Logo

यी हुन नेपालगञ्ज दुर्घटनामा ज्यान गुमाउनेहरु (सुचीसहित)



नेपालगञ्ज दुर्घटनामा ज्यान गुमाउने मध्ये ८ जनाको सनाखत भएको छ । नेपालगञ्जबाट सल्यान जाँदै गरेको गाडी दुर्घटना हुँदा ज्यान गुमाएका १२ जनाको पहिचान खुलेको छ। यीमध्ये चार जनाको सनाखत भएको छ। बाँकीको सनाखद हुने क्रममा रहेको छ। प्रदेश नम्बर ५ प्रहरी कार्यालय तुलसीपुरका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारी छन् ।

दुर्घटनामा परेर ठेगाना नखुलेका निमबहादुर ओली, नरेन्द्र विक, रुन्टीगढी–६ होलेकीका मोहनचन्द्र विक, बुद्धिराम विक, थवाङ–३ रोल्पाका भिमबहादुर विक, राजपुर गाउँपालिका–६ दाङका रामकुमार पुनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। यस्तै शान्तिनगर–३ दाङ एकै ठाउँका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पूर्णबहादुर पुन, सीता पुन, हिमान्सु थापा रहेका छन्। यस्तै वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतका रितेश कार्कीको मृत्यु भएको छ।

दुर्घटनामा परेर घाइते भएकामध्य सिद्धकुमाख–५ सल्यानका देवेन्द्र खड्का, सोही ठाउँका ज्ञानबहादुर बोहरा, सारदा नगरपालिका–६ सल्यानका टिका चलाउने, दाङ सैघा निवासी देउविर विक, सल्यान सिद्धकुमाख–४ का शिव भण्डारी अवस्था गम्भीर छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा आइतबार राति सवा १२ बजे हाइस दुर्घटनामा परेको हो। ११ जनाको घटनास्थमा र एक जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो। घाइते २३ जनाको बाँकेमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्