Logo

नेपालमा  कोरोना संक्रमितको संख्या १८ सय नाँघ्यो, सोमवार मात्रै २३९ नयाँ संक्रमित भेटिए



सोमवार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएपछि नेपालमा कोरोना संक्रमितको संख्या १८ सय नाँघेको छ । साँझ पुष्टी भएको कोरोना संक्रमित सवै प्रदेश नम्बर ५ का रहेका छन् ।

उनीहरु पाल्पा, नवलपरासी, गुल्मी, कपिलवस्तु र रुपन्देहीका हुन् । प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि सोमवार दिउँसो २२६ जनामा कोरोना संक्रमण देखिएको थियो । हालसम्म कोरोना संक्रमितको संख्या एक हजार ८११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्