Logo

राष्ट्रियता र सिमाका बिषय ब्यक्तिगत धारणा तत्काल रोक्न डा कोइरालाको आग्रह



बिराटनगर । नेपाली काग्रेसका प्रवाभशाली नेता डा शेखर कोइरालाले राष्ट्रियता र सिमाका बिषय ब्यक्तिगत धारणा राख्दै नहिडन काग्रेसका नेताहरुलाई आग्रह गर्नूभएको छ । सामाजिक संजालमा आफनो बिचार सार्वजनिक गर्दै डा कोइरालाले राष्ट्रियता र सिमा जस्तो संवेदनशील विषयमा ब्यक्ती बिशेषका अभिब्यक्तीमा रमाउनु राम्रो होईन, भन्नुभएको छ ।

उहाँले सबैलाई एक ढिक्का भएर उभिन आग्रह गर्दै कांग्रेस नेता डा कोइरालाले राष्ट्रियता,भौगोलिक अखण्डता र सार्वभौमसत्ताका सवालमा नेपाली कांग्रेस कहिले पनि नझुक्ने जानकारी दिनुभयो ।

कसैसँग सम्झौता नगर्ने बताउँदै उहाँले सिंगो पार्टी कांग्रेसले बनाएको आधिकारीक धारणा नै हामी सबैको सिंगो धारणा भएको पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्