Logo

नेपालमा कोरोना संक्रमितको संख्या १८ सय नजिक, आज २२६ जनामा संक्रमण पुष्टी



नेपालमा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएर कुल संक्रमित हुनेको संख्या १७९३ पुगेको छ ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २२६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

संक्रमितमध्ये २२१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने आठ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्