Logo

गणतन्त्रको आन्दोलनका योद्धा गुरु भन्छन् – ‘कार्यान्वयन गर्ने बेलामा रमिते भइयो कि भन्नेमा दुख छ’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेसंगको भिडियो कुराकानी



२०६२ ६३ सालको आन्दोलनको नेतृत्व दिएका तत्कालिन नेपाल विद्यार्थी संघका अध्यक्ष गुरुराज घिमिरे जसले सडकमा गणतन्त्रको नारा लगाएवापत राजकाजको मुद्दा भोगे । नेपाल विद्यार्थी संघका अध्यक्ष घिमिरे र महामन्त्री गगन थापा १० दिन राजकाजको मुद्दामा हिरासतमा बसेका थिए ।

विद्यार्थी आन्दोलनको जगमा जागेको सो आन्दोलन प्रति अझै पनि गुरुलाई गर्व छ । उनलाई एउटा कुरामा भने अहिले भने लोकतन्त्र वा गणतन्त्र कार्यान्वयनमा रमिते बन्नु परेकोमा भने दुख लागेको छ । उन्नत व्यवस्थाका लागि लडेपछि गणतन्त्र कार्यान्वनयनका बेलामा लोकतन्त्रमा विश्वास नै नभएकाहरुले नेतृत्व गर्दा आम नागरिकले सो आन्दोलन जुन सपना बोकेर लडेका थिए, त्यो सपना पूरा नभएको उनको निष्कर्ष छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेसंग bikastimes.com ले गरेको भिडियो कुराकानी :

प्रतिक्रिया दिनुहोस्