Logo

के कारण सरिता गिरी नेपाली स्वाभिमानलाई सधै घृणा गर्छिन् ?

सरिता गिरी लेख्छिन्, ‘‘नेपाल फँस चुका है, हम लोग निकालेँगे’



काठमाडौं । सरिता गिरी अर्थात हालसम्म संघीय समाजवादी फोरम नेपालकी सांसद । माइती बिहार कर्मभूमि नेपाल । चार दशकदेखि सरिता गिरीलाई नेपालले नाम, प्रतिष्ठा, पद सबै दिएको छ । उनले नेपाललाई के दिइन् ? त्यो अज्ञात छ, तर उनले नेपालबाट पाउनु पर्ने सबै पाइरहेकी छिन् । तर पनि उनी नेपालको स्वायत्ततामाथि, नेपालको सार्वभौमिकतामाथि नै प्रश्न उठ्ने गरी अभिव्यक्ति दिइरहेकी छिन् ।

कहिले उनी नेपालको नाम नै बदल्ने कुरा गर्छिन् । कहिले नेपालले आफ्नो नक्सा जारी गर्दा भारतलाई किन नसोधेको भन्दै प्रश्न गर्छिन् । मानौं यिनी नेपालको नभएर भारतको प्रतिनिधि हुन् । माइती देश भारतले यिनलाई के दिन्छ ? यो अज्ञात छ, तर गिरीले नेपाली स्वाभिमानको धज्जी उडाउन कहिले पनि छाडेकी छैनन् ।

तराईमा भारतीय ज्यादतिसँग जुधेर बसेका लाखौं मधेसीहरु छन् । आफ्नो खेतमा जाँदा भारतीय एसएसबीले मधेसी किसानलाई कुटेर लखट्छ । मोरङमा महादेव साहलाई त गोली हानेर मारिदियो । राजविराजमा चार जनालाई गोली हानेर सख्त घाइते बनायो नाकाबन्दीको समयमा । तर यिनी कहिले पनि भारतीय ज्यादतिविरुद्ध बोल्दिनन् ।

कम्तिमा अंगिकृत नै नागरिकता धारण गरे पनि यति लामो समय नेपाल बसेपछि आफ्नो कर्मभूमिप्रतिको अलिकति ऋण त यिनले तिर्नुपर्ने हो । तर अहिले यिनी भनिरहेकी छिन्– सगरमाथा कसको हो विवाद भइसक्यो ।

अहिले सरकारले नेपालको पूर्ण नक्सा जारी गर्दा यिनै गिरी धेरै रिसाएकी छिन् । आखिर किन होला ? भारतले नेपाली भूमि मिसाएर नक्सा जारी गर्दा गिरीको आवाज कतै सुनिएन । भारतले सडक बनाउँदा उनको आवाज कतै सुनिएन ।

आजै पनि गिरीले फेसबुकमा लेखिन्, ‘नेपाल फँस चुका है, हम लोग निकालेँगे ।’ यो पोस्ट तुरुन्तै हटाइन पनि । एक फेसबुक प्रयोगकर्ता शैलेन्द्रराज नेपालले जवाफ फार्कउन खोज्दौ खोज्दै गिरीले स्टाटस हटाइन । तर नेपालले स्क्रिन सट राखेर सार्वजनिक गरेका छन् ।

भारतले नाकाबन्दी लगाउँदा त यिनी खुसी हुनेहरुको लाइनमै थिइन्, कुरै भएन । आखिर यिनलाई माइती देशले के त्यस्तो चिज दिन्छ र आफ्नो कर्मभूमिप्रति यति धेरै समस्या छ होला ? टिप्पणी

 

प्रतिक्रिया दिनुहोस्