Logo

थप ९ जनामा कोरोनाको संक्रमणको पुष्टी, नेपालमा ५१६ पुग्यो संक्रमितको संख्या



आजै नेपालमा थप ९ जनामा कोरोनाको संक्रमणको पुष्टी भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपडेट अनुसार बारमामा ६, मकवानपुर, भक्तपुर र सप्तरीमा एक एक जना संक्रमित फेला परेका छन् ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सिम्रौनगढ नगरपालिका–६ स्थित क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ का ३४, ३८ र ४५, वडा नम्बर ११ का २२, वडा नम्बर १ का २७ र वडा नम्बर २ का २५ वर्षका रहेका छन् ।

सप्तरी बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष तथा मकवानपुर हेटौँडा–३ की ५३ वर्षीया महिला र भक्तपुरकी ४२ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्