Logo

ह्दयघातका कारण कांग्रेस नेता दुर्योधनसिंह चौधरीको निधन



पूर्व राज्यमन्त्री दुर्योधनसिंह चौधरीको निधन भएको छ । दुई दिन अघि हृदयाघात भएपछि उपचारका क्रममा बुटवलको मुटु अस्पतालमा शुक्रबार ११ बजे मृत्यु उनको भएको हो।

रुपन्देहीको ओमसतिया निवासी चौधरी ३ पटक सहायक र राज्यमन्त्री भएका थिए । नेपाली कांग्रेसका महासमिति सदस्य चौधरीको ७० बर्षको उमेरमा निधन भएको उनका भतिजा सूर्यभान चौधरीले बताए ।

चौधरीका ३ छोरा १ छोरी र श्रीमती छन् । उनी महिला बालबालिका तथा समाजकल्याण सहायक मन्त्री, आपूर्ति सहायक मन्त्री तथा स्थानीय प्रशासन राज्य मन्त्री भएका थिए। उनको मृत्युपछि नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्