Logo

निशान छाप समावेश गर्न संविधान संसोधन प्रस्ताव संसदमा लैजाने मन्त्रीपरिषदको निर्णय



सरकारले संविधानको अनुसूचीमा भएको निशान छापमा रहने नेपालको नक्सालाई पनि नयाँ नक्साअनुसार बनाउनका लागि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले जेठ १३ मा संसद बस्नु अगावै संशोधन दर्ता गर्ने निर्णय गरेको हो । संविधानको अनुसूची ३ मा नेपालको नक्सा र निशान छाप सम्बन्धि व्यवस्था छ ।

अब नेपालको निशान छापमा पनि सरकारले बुधबार जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा हुनेछ ।

बैठकमा विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउनेबारे छलफल भएको भए पनि कुनै निर्णय नभएको एक मन्त्रीले बताए । उनका अनुसार सरकारले बनाएको कोभिड टास्क फोर्सले विस्तृत प्रतिवेदन दिएपछि त्यसबारे निर्णय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्