Logo

कांग्रेस नेता खड्काले गरिदिए गृहजिल्लाका पत्रकारहरुको कोरोना विमा



नेपाली कांग्रेस नेता दीपक खड्काले आफ्नो गृहजिल्ला संखुवासभाका क्रियाशील पत्रकारहरुको कोरोना वीमा गरिदिएका छन् । उनले एक लाख रुपैयाँ भुक्तानी दावी गर्न पाउनेगरि कोरोना विमा गरिदिएका हुन् । पूर्व राज्यमन्त्री समेत रहेका कांग्रेस नेता खड्काले नेपाल पत्रकार महासंघ संखुवासभा शाखासंग समन्वय गरेर जिल्लामा क्रियाशील २५ जना पत्रकारहरुको विमा गरिदिएको महासंघका अध्यक्ष ईन्द्रकुमार गिरीले जानकारी दिए ।

संखुवासभाका ८ वटा रेडियो, अनलाईन, स्थानीय पत्रिका र राष्ट्रिय स्तरका संचार माध्यममा कार्यरत २५ पत्रकारको नेता खड्काले विमा गरिदिएको महासंघले जनाएको छ । पूर्व राज्यमन्त्री खड्काले एक लाख रुपैया भुक्तानी दावी सहितको विमा गरिदिएकाले माफोसलमा कार्यरत पत्रकाहरुमा हौसला मिलेको भन्दै मा महासंघले आभार व्यक्त गरेको छ । नेता खड्काले यसअघि पनि पत्रकार महासंघलाई माक्स र सेनिटाईजर उपलव्ध गराएका थिए । २५ पत्रकारको स्वाव परिक्षणमा पोजेटिभ देखिए महासंघले सिफारिस गरेको आधारमा विमा कम्पनीले १ लाख भुक्तानी गर्ने छ ।

यसैबीच, पूर्व राज्यमन्त्री खड्काले जिल्ला कारागारका कैदीको प्रयोजनका लागि १ हजार लिटरको पानी ट्याङ्की उपलव्ध गराएका छन् । २५ क्षमताको कारागारमा १ सय २० जना कैदीबन्दी तथा थुनुवा बसेको थाहा पाएपछि खड्काले हजार लिटरको ट्याङ्की उपलव्ध गराएको बताए । जेलर विनोद अधिकारीले ट्याङ्की अभाव भइरहेको बेला नेता खड्काले ट्याङ्की उपलब्ध गराएपछि कैदीबन्दीका लागि पानीको जोहो गर्न सजिलो भएको बताए ।

प्रतिक्रिया दिनुहोस्